अपरेसन सेफ्टी काठमाडौं : गुण्डागर्दीमा संलग्न १७ जना एकैरात पक्राउ

Yangle News
Yangle News
२०८२ चैत्र २१ गते
अपरेसन सेफ्टी काठमाडौं : गुण्डागर्दीमा संलग्न १७ जना एकैरात पक्राउ

काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई गएराति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले सञ्चाञ्चालन गरेको ‘अपरेसन सेफ्टी काठमाडौं’अन्तर्गत पाँच जनालाई पक्राउ गरिएको छ । जसमा श्याम लामा समूहमा सक्रिय रही बौद्ध एरियामा गुण्डागर्दी गर्दै आइरहेका प्रविण तामाङ (डिम्पल) कलंकी-बाफल एरियामा गुण्डागर्दीमा संलग्न बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय सुजन कार्की, स्यूचाटार एरियामा गुण्डागर्दीमा सक्रिय सरु गुमागाइ र बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दीमा संलग्न विकी लामा रहेका छन् ।

त्यस्तै, काठमाडौं अपराध अनुसन्धान कार्यालयले पनि १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो समय बिचौलियाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैबीच राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए । ती १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुर्व्यवहारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।