राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
यस विस्तारसँगै बैंकका देशभरका शाखा कार्यालयहरूको संख्या ३ सय ७ पुगेको छ । बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रूपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।
हाल राष्ट्रिय वाणिज्य बैंकका सातै प्रदेश र ७७ वटै जिल्लामा ३ सय ७ वटा शाखा कार्यालय, ३ सय १२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
यो विस्तारले सेवालाई देशभर थप सुलभ र पहुँचयोग्य बनाउने विश्वास लिइएको बैंकले जनाएको छ ।