राजावादीको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण

Yangle News
Yangle News
२०८१ चैत्र १५ गते
राजावादीको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण

पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले आज तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस्तै एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो । तर, प्रदर्शनकारीले उद्दण्ड गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले यस खालको गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइ कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म ५१ जना पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा समेत छन् । प्रदर्शनकारीले सरकारी ९ वटासहित कुल १५ वटा सवारीसाधनमा तोडफोड गरेका छन् भने तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउसलगायतमा तोडफोड गरेका छन् ।

यसैगरी प्रहरी प्रभाव कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर, एकीकृत समाजवादीको पार्टी कार्यालयसमेतमा तोडफोड कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटसमेत भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए । ज्ञानेन्द्रका समर्थकले राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गरेपनि हिंसात्मक बन्न पुगेको हो ।

विवरण :

Yangle News

Yangle News

Yangle News