क्यान्सर राेगकाे पम्परागत उपचार विधि भन्दा वैकल्पिक विधि अपनाउँदा रोगबाट केहि राहत मिलेको विभिन्न व्यत्तिहरुले बताउने गरेका छन् । जुन कुरा वैज्ञानिक दृिष्टबाट प्रमाणित भने भएकाे छैन् । गुणस्तरीय उपचार सहजै उपलब्ध नहुने, लामाे, झन्झटिलाे, महंगो र पीडादायी उपचार विधिका कारण पनि मानिसहरुमा क्यान्सरको वैकल्पिक उपचार विधि भन्ने कुरामा बढी चासाे हुने गरेकाे देखिन्छ ।
क्यान्सर राेगकाे चिकित्सकिय उपचारसँगै संसारभर अभ्यासमा रहेका वैकल्पिक उपचार र खानपानविधिहरु
बेसार
आयुर्वेदमा प्राय बेसारलाई क्यान्सरको वैकल्पिक उपचारका रूपमा लिइन्छ । यो जडिबुटी र मालिसमा आधारित प्राचीन भारतीय उपचारपद्धति हो । आयुर्वेद विश्वव्यापी रूपमै लोकप्रिय हुँदै छ र मार्केट रिसर्च फ्यूचरुको एउटा प्रतिवेदनका अनुसार सन् २०२८ सम्म यो उद्योग तीन गुनाको हुनेछ । ल्यान्सेन्टुको एउटा प्रतिवेदनका अनुसार भारत र खास गरी यसका ग्रामीण क्षेत्रहरूमा अपनाइने अन्य वैकल्पिक पद्धतिहरूमा, नेचरपेथी, बायोपेथी, होमिओपेथी, घरेलु उपायहरू, ह्विट–ग्रास थेरपी, हाइड्रोथेरपी, एक्युपङ्चरु, अटोयुरिन थेरपी,ओस्टेओपथी र विपश्यना छन् । यीमध्ये केहीले पीडा व्यवस्थापनमा सघाउँदा अन्यले भने केही क्यान्सरका उपचारमा खराब असर गर्न सक्ने चिकित्सक बताउँछन् ।
क्यान्सर रिसर्च यूकेले बेसारमा पाइने तत्त्व कुर्क्युमिनुले केही निश्चित क्यान्सरका कोषहरूलाई नष्ट गर्न सक्ने भए पनि यसबारे थप अनुसन्धान आवश्यक छ । उसका अनुसार बेसार वा कुर्क्युमिनुले क्यान्सरबाट जोगाउन वा उपचार गर्न सक्ने देखाउने स्पष्ट प्रमाण छैन।
चिनियाँ परम्परागत औषधि
क्लिनिकल अङ्कलजी जर्नलको एउटा अनुसन्धानसम्बन्धी समीक्षा आलेखका अनुसार पूर्व र पश्चिम दुवैतर्फका क्यान्सरका बिरामीहरूमा परम्परागत चिनियाँ औषधि प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ तर त्यसको प्रभावकारिता र सुरक्षाबारे क्यान्सर विशेषज्ञहरूले प्राय प्रश्न उठाउने गरेका छन् ।
ट्रेडिश्नल चाइनीज मेडिसनु (टीसीएम) उपचारको एउटा पूर्ण पद्धति हो जसमा अन्यसँगै एक्युपङ्चर, मालिस थेरपी, जडिबुटी र ताई चाई पनि समाविष्ट छ । यसमा वनस्पतिहरूबाट लिइएका सयौँ औषधीय तत्त्वहरूको प्रयोग हुन्छ ।
खानपानमा परिवर्तन
क्यान्सरलाई भोकै पारेर मार्नेु भनी दाबी गरिने कीटो, भीगनु तथा अन्य निश्चित प्रकारका खानपान प्रतिबन्ध गर्ने विधिहरू विश्वव्यापी स्तरमै लोकप्रिय हुँदै छन् । ूतपाईँ क्यान्सरलाई भोकै मार्न सक्नुहुन्न, केवल स्वयंलाई भोकै मार्नुहुन्छ, क्यान्सरसम्बन्धी अनुसन्धानकर्ता डाक्टर डेभिड रोबर्ट ग्राइम्स भन्छन्, क्यान्सर भएका बेला तौल घटाउनुभयो भने त्यो अत्यन्तै खतरनाक हुन सक्छ ।
सामाजिक सञ्जालमा यत्रतत्र देखिने त्यस्ता दाबीहरूले बिरामीलाई आफैँले क्यान्सर गराएको ठानी हीन महसुस गराउने वा त्योभन्दा पनि खराब स्थितिमा त्यस्ता खानपानको जोखिम थाहा नपाई त्यसतर्फ लाग्न सक्ने उनले बताए ।
भारतस्थित मोहनदा ओसवाल अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर कानुप्रिया भाटिया सामाजिक सञ्जालको प्रभावमा नपर्न बिरामीहरूलाई आह्वान गर्छन् । आफैँ त्यसरी खाने वा पिउने काम नगर्नुस् किनकि त्यो हानिकारक हुन सक्छ, उनी भन्छन् ।
फेन्बेन्जडोल
फेन्बेन्जडोल जनावरहरूमा हुने परजीवीजन्य सङ्क्रमणको उपचार गर्न प्रगोग गरिने औषधि हो । एक अमेरिकी व्यवसायीले अन्य उपचारविधिसँगै यसको प्रयोग गरेर आफू क्यान्सरमुक्त भएको बताएपछि क्यान्सरको उपचारका रूपमा यसको लोकप्रियता बढ्यो । उनले आफू त्यसबखत अन्य चिकित्सकीय परीक्षणको हिस्सा भएको कुरा बताएका थिएनन् ।
धेरैले आफ्नो उपचाकाे यात्रालाई सामाजिक सञ्जालमा दस्ताबेजीकरण गर्दा कोरियाभर उक्त औषधि बिक्री भएर सकियो । त्यसमा एक हास्यकलाकार तथा गायकले आफ्नो फोक्सोको क्यान्सरका निम्ति उक्त औषधि प्रयोग गरेको भनी गरेको दाबीले पनि सघाएको थियो, भलै पछि उनले प्रभावकारी नभएको भन्दै त्यसको प्रयोग बन्द गरे । क्यान्सर रिसर्च यूकेुले उक्त औषधि क्यान्सरको उपचारका निम्ति सुरक्षित र प्रभावकारी छ भन्न त्यसको कुनै चिकित्सकीय परीक्षण नभएको जनाएको छ ।
ग्राभियोला
अफ्रिका र दक्षिण अमेरिकाका केही स्थानमा असङ्ख्य स्थितिहरूमा ग्राभियोला नामको वृक्षको फल, पात र बोक्राको प्रयोग हुँदै आएको छ र केही सङ्क्रमणमा यो प्रभावकारी हुन सक्ने केही प्रमाण पनि पाइएका छन् ।
यसको फलले क्यान्सर निको पार्न सक्ने दाबी लामो समयदेखि इन्टरनेट तथा स्थानीय स्तरमा प्रचलित रहँदै आएको छ । त्यसमाथि सामाजिक सञ्जालका केही सामग्रीमा यो कीमोथेरपीभन्दा १० हजार गुना प्रभावकारी रहेको दाबी गरिने गरिएको छ ।
क्यान्सरसम्बन्धी संस्थाहरू तथा फ्रेन्च न्याश्नल क्यान्सर इन्स्टिट्यूटुले क्यान्सर निको पार्ने त्यस्तो कुनै चामत्कारिक खानेकुरा नभएको बताएका छन् ।
एजेन्सी