बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २१७ जनाको मृत्यु, २८ बेपत्ता

Yangle News
Yangle News
२०८१ अशोज १५ गते
बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २१७ जनाको मृत्यु, २८ बेपत्ता

 

असोज ११ गते राती देखिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण देशभर हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरोपछिको खोज,  उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

नागढुङ्गा मुग्लिन सडकका ठाउँठाउँमा पहिरो र सडक भत्किएका कारण काठमाडौँ उपत्यकाबाट बाहिरीने र भित्रिने सवारीसाधनहरुले लामो जाम खेपिरहेका छन् ।

120 views