बियोण्ड बेइजिङ कमिटि (बीबीसी) नेपालले आयोजना गरेको बेइजिङ +३० राष्ट्रिय महिला सम्मेलनले शुक्रबार १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएकाे छ । ललिपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित सम्मेलनको पहिलो शत्रमा बिहान, बेइजिङ्ग घोषणा र कार्यमञ्चले निर्धारण गरेका महिलासँग सरोकार राख्ने १२ वटा संवेदनशील विषय र नवोदित थप २ वटा विषय गरी १४ वटा विषयमा छुट्टाछुट्टै कार्यशाला भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका करिब चारसय बढी महिलाहरुको सहभागिता रहेको थियो ।