सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ५० हजार नजिक

Yangle News
Yangle News
२०८१ साउन २ गते
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ५० हजार नजिक

 

नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

आज  चाँदीको मूल्य पनि बढेको छ । हिजोभन्दा तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको हो ।

217 views