संविधानसभा सदस्य तथा पूर्वसांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो ।
सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप ४ जना पनि दोषी ठहर भएको विशेष अदालतका उपरजिस्टार धनबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुविरुद्ध सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।
मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ गते इजलास तोकिएको छ । तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।