५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ मा

Yangle News
Yangle News
२०८२ जेष्ठ २८ गते
५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ मा
फाइल तस्बिर ।

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको आज फैसला नआउने भएको छ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरूविरुद्धको निर्णय असार १८ गते सुनाउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा असार १८ गते फैसला सुनाउने भएको हो । छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको सर्वोच्च अदालतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्ति गरेकोविरूद्ध रिट दायर भएको थियो।