डेंगी संक्रमणबाट ८ जनाको मृत्यु,  संक्रमित संख्या ११ हजार नाघ्यो

Yangle News
Yangle News
२०८० साउन २५ गते
डेंगी संक्रमणबाट ८ जनाको मृत्यु,  संक्रमित संख्या ११ हजार नाघ्यो

 

नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा अनुसार उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १ सय ५७ पुगेको छ ।

७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको मृत्यु भएको छ । डेंगीबाट सबैभन्दा बढी प्रभावित सुनसरीमा संक्रमितको संख्या ६ हजार ३ सय पुगिसकेको छ । अघिल्लो वर्ष काठमाडौँ जिल्ला डेंगीको हटस्पटमा बनेकोमा यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापक फैलिएको हो ।

त्यसैगरी मोरङमा १ हजार ३९३, धादिङमा १ हजार ११०, कास्कीमा २२७ , धनकुटामा २२३, दार्चुलामा १९२, झापामा १८२, काठमाडौँमा १५३, संखुवासबामा १४८ र तनहुँमा ७९ वटा केशहरु पाइएका छन् ।

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ । त्यसैगरी वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन् ।

430 views