ब्रोकरको लागि ४६ कम्पनीको आवेदन

Yangle News
Yangle News
२०७९ कार्तिक १ गते
ब्रोकरको लागि ४६ कम्पनीको आवेदन
Broker touchscreen is operated by businessman.

ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने अन्तिम दिन असोज ३१ गते सम्ममा ४६ कम्पनीले बोर्डमा आवेदन दिएका हुन्।

नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट ४५ कम्पनीले सिफारिस लिएका थिए । तर बोर्डमा ४६ कम्पनीको आवेदन परेको हो । बोर्डका अनुसार हाल ब्रोकर रहेको सनी सेक्युरिटिजले सेवा थप गरि पूर्ण कार्य गर्ने दलालको लागि आवेदन दिएकोले बोर्डमा परेको आवेदन एउटा बढी देखिएको हो । लाईसेन्स पाईसकेको तर सेवा थपको लागि मात्र नौमती खोजेकोले उसले नेप्सेबाट सिफारिस नलिएको बताईएको छ ।

नेपाल धितोपत्र बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाउंदै योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको थियो ।  ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गरेको हो।