महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।
४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेको प्रहरीले जनाएको छ ।
करिब ३५ लाख रुपैयाँ लुटिएको बैंकको भनाइ छ । लुटिएको रकममा २\३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको स्थानीय प्रशासनले जनायो । मास्क लगाएर प्रवेश गरेका उनीहरु बैंक लुटेपछि मोटरसाइकलमा भागेका थिए ।
लुटेराको खोजिका लागि प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान सुरु गरेको छ ।