एनसएसलको उपाधि ललितपुर सिटी एफसीले जित्यो

Yangle News
Yangle News
२०८० पुस १४ गते
एनसएसलको उपाधि ललितपुर सिटी एफसीले जित्यो

 

नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ गोलले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित हुँदै २० लाख रुपैयाँ पाएको छ ।

खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।

प्रतियोगितामा फेयर प्लेको उपाधि वीरगञ्ज युनाइटेडले पाएको छ । त्यस्तै उदीयमान खेलाडीको उपाधि धनगढीका रोहन कार्कीले पाएका छन् । सर्वोत्कृष्ट गोलकिपरको ललितपुरका जेफ्री विली मार्सल बाल्टुस घोषित भएका छन् । कार्की र जेफ्रीले जनही एक लाख रुपैयाँ पाएका छन् ।