चलचित्र ‘कबड्डी-५’को छायांकन सुरु भएको छ । यसै हप्ताबाट मुस्ताङमा चलचित्रको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ ।
मुस्ताङसँगै काठमाडौंमा पनि छायांकन हुनेछ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । रामबाबु यो चलचित्रका निर्माता पनि हुन् । कार्यकारी निर्मातामा मणिराम पोखरेल छन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की रहेका छन् । ‘कबड्डी-५’मा विपीन कार्की र मिस यूके नेपाल-२०१७ सिर्जना गुरुङले प्रवेश गरेका छन् ।
‘कबड्डी’का यसअघिका चारवटा सिरिजले राम्रो कमाई गरेका थिए ।