यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।
दुबाईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा पूरा गर्यो ।
भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । यू–१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।
नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको नेपाल यू–१९ एसिया कप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ ।