एनसेल प्रकरणको छानबिन समितिले सुरु गर्यो काम

Yangle News
Yangle News
२०८० मंसिर २४ गते
एनसेल प्रकरणको छानबिन समितिले सुरु गर्यो काम

 

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको समितिले काम सुरु गरेको छ । ३० दिनको कार्यादेश प्राप्त गरेको समितिले छानबिनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ ।

एनसेलको सेयर खरिद बिक्रि सम्बन्धनमा तथ्यपरक जानकारी, सुचना वा सम्बन्धित कुनै पनि प्रमाणहरु भएमा समितिको आधिकारीक इमेल ठेगाना [email protected]  र फोन नम्बर ०१४२११५६२ मा सम्पर्क गरि सहयोग गर्न समितिले सबैलाई आग्रह गरेको छ ।

साथै समितिले अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्यकता अनुसार छलफल गरी राय सुझाव लिने बताएको छ । संयोजक टंकमणि दंगालद्वारा जारी गरिएको विज्ञप्तिमा समितिले काम सुरु गरेको उल्लेख छ ।

मंसिर २१ मा गठित समितिले एनसेलको सेयर खरिदबिक्रीको सम्बन्धमा, प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असर लगायतका विषयमा अध्ययन तथा छानविनको कार्यादेश पाएको छ ।

(विज्ञप्ति)

Yangle News