पार्टीका पूर्वसांसदहरूलाई रास्वपाको निर्देशन- रातो पासपोर्ट र परिचयपत्र फिर्ता गर्नू

Yangle News
Yangle News
२०८२ अशोज १३ गते
पार्टीका पूर्वसांसदहरूलाई रास्वपाको निर्देशन- रातो पासपोर्ट र परिचयपत्र फिर्ता गर्नू

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन दिएको छ ।

यसका साथै रास्वपाले पार्टीका सबै पूर्वसांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन पनि भनेको छ । ‘पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ’, प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा राष्ट्रिय शोकको घडीमा रहेकाले यसपटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन पनि रास्वपाले सबै तहका पार्टीपंक्तिमा अनुरोध गरेको छ ।

विज्ञप्ति :

Yangle News