१३ स्थानीय तहलाई डेंगु संक्रमणको सतर्कता अपनाउन आग्रह

Yangle News
Yangle News
२०८३ बैशाख २६ गते
१३ स्थानीय तहलाई डेंगु संक्रमणको सतर्कता अपनाउन आग्रह

सरकारले १३ स्थानीय तहलाई डेंगु संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेंगु संक्रमणको जोखिम उच्च देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘हामीले पुसयता सबै स्थानीय तहको डेंगु संक्रमणको अवस्था अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘अन्य स्थानीय तहमा फाट्टफुट्ट डेंगु संक्रमण देखिएका छन् । तर यी १३ स्थानीय तहमा पाँच वटासम्म संक्रमण देखिएकाले सतर्कता अपनाउन पत्राचार गरेका छौं ।’

उनका अनुसार ओखलढुंगाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन् ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु संक्रमण हुन्छ ।