सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए

Yangle News
Yangle News
२०७९ पुस २८ गते
सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए

गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको बिहीबारको निर्णयअनुसार १७ जना डीआइजी काज सरुवा भएका हुन्।

जसअनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा सरूवा भएका छन्।

यस्तै बुद्धिराज गुरूङले गण्डकी प्रदेशको नेतृत्व पाएका छन्।

प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय को नेतृत्व पाएका छन् भने भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ।

यस्तै प्रदेश नम्बर एकमा श्यामलाल ज्ञवालीले पुगेका छन्। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए।

यस्तै मधेश प्रदेशमा बसन्त कुँवरले जिम्मेवारी पाएका छन्। कुँवर यसअघि प्रहरी प्रधान कार्यालय नक्सालको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत थिए।

यसअघि मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी ल्याइएको छ।

कर्णाली प्रदेशमा कार्यरत पोषराज पोख्रेलको प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा भएका छन् ।

यस्तै अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन्।

यसैगरी  विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन्। यस्तै भरतपुर शिक्षालयमा दुर्गा  सिंहलाई खटाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणालाई  पठाइएको छ।

 

439 views