मकवानपुर क्षेत्र नम्बर‍- १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी

Yangle News
Yangle News
२०७९ मंसिर ८ गते
मकवानपुर क्षेत्र नम्बर‍- १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी

मकवानपुर क्षेत्र नम्बर‍- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह विजयी भएका छन्।

उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ हजार ३८० मतका‍े फराकिलाे अग्रताले पराजित गर्दै जित हासिल गरेका हुन्।

भर्खरै सार्वजनिक भएकाे ताजा मतपरिणाम अनुसार विजयी भएका सिंहले २७ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनकी निकटतम प्रतिष्पर्धी उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गरेकी छन्।

यस्तै, तेस्राेमा रहेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन्।

331 views