इजरायलको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो ।
आज राति साढे ११ बजे जहाजको उडान काठमाडौं- दुबई- तेलअभिभ हुनेछ । २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने छ ।
इजरायलमा करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेको बताइएको छ ।
सरकारको निर्देशनअनुसार दुबईको उडानलाई इजरायलतर्फ लैजाने प्रक्रियामा रहेको निगमले बताएको छ । इजरायलबाट उद्धार गरिएका नेपालीलाई दुबई हुँदै नेपाल ल्याइनेछ ।