इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय

Yangle News
Yangle News
२०८० अशोज २२ गते
इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय

सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गठित समन्वय संयन्त्रको बैठकले नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको हो ।

साथै प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय समेत भएको बताइएको छ ।