ग्यास र पेट्रोलियम पदार्थको मूल्य शनिबार अघिकै कायम हुने, राति १२ बजेबाट लागू

Yangle News
Yangle News
२०८० अशोज १४ गते
ग्यास र पेट्रोलियम पदार्थको मूल्य शनिबार अघिकै कायम हुने, राति १२ बजेबाट लागू

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि एक विज्ञप्ति जारी गर्दै निगमले आइतबार राति १२ बजेपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको हो । राति १२ बजेपछि मात्रै ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने यद्यपि स्वचालित मूल्य प्रणालीको लागू भने भइरहने निगमले स्पष्ट पारेको छ ।

त्यस्तै घटाइएको मूल्यबाट पर्ने नोक्सानी मूल्य स्थिरिकरण कोषबाट ब्यहोर्ने निगमले जनाएको छ । ‘नजिकिँदै गरेको चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि राति १२ बजेबाट लागू हुनेगरी फिर्ता गरिएको छ’ निगमको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेलरमट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । सोहि मूल्यवृद्धि आइतबार राति १२ बजेपछि फिर्ता हुने भएको हो ।

मूल्यबृद्धिका कारण आइतबार काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेलरमट्टितेल १७९ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर २११० रुपैयाँमा बिक्री भएको छ ।