आयोजक अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनल प्रवेश

Yangle News
Yangle News
२०८० साउन ३१ गते
आयोजक अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनल प्रवेश

आयोजक अष्ट्रेलियालाई ३–१ गोलले पराजित गर्दै इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघि ३ पटकसम्म सेमिफाइनलमै सिमित भएको इंग्ल्याडले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्याडले १–० को अग्रता बनाएको हो । तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इंग्ल्याडका २ वटा डिफेन्डरलाई बिट गर्दै स्याम किरले अष्ट्रेलियाको लागि गोल फर्काइन् ।

अष्ट्रेलियाले गोल फर्काएको ७ मिनेटमा इंग्ल्याडकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डिफेन्डरको ट्याकललाई विफल पार्दै गोल गरिन् । एलेसिया रुसोले ८६ औं मिनेटमा अर्को गोल गर्दै इंग्ल्याडलाई ३–१ ले जिताउँदै फाइनलको दिशा देखाएकी हुन् ।

आगामी भदौ ३ गते हुने फाइनलमा इंग्ल्याडले स्पेनसँग प्रतिस्पर्धा गर्ने छ ।

266 views