संखुवासभा–काठमाडौ पत्रकार समाज (स्काज) ले पाकिस्तानमा रहेको बिश्वकै दोस्रो अग्लो हिमाल (८६११ मी) केटु आरोहण गरेर बिश्वकीर्तिमान बनाएका मुक्तु शेर्पा, आङदावा शेर्पा, निग्मा दोर्ची शेर्पा र पिच्यूम्बी शेर्पालाई सम्मान गरेको छ । शेर्पाहरु संखुवासभा जिल्लाका एकै परिवारका दाजुभाइ हुन ।
हिमाल आरोहीको सुरक्षाकालागि नयाँ कानुन ल्याउँछौ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणकालागि कानुनमै व्यवस्था गरीने बताएका छन् । कीर्तिमानी शेर्पा दाजुभाईलाई सम्मान गर्दे उनले सरकारले हिमाल आरोहीहरुको संरक्षणकालागि कानुनमै व्यवस्था गर्ने बताएका हुन । शेर्पा र हिमालको सम्बन्ध नङ र मासुको भएको उल्लेख गर्दे नेपाललाई विश्वसामु चिनाउन शेर्पाहरुको भूमिकमा महत्पूर्ण रहेको उनले बताए । पर्यटन क्षेत्रमा सुधार ल्याउन पुरानो पर्यटन नीति र ऐन कानुन बाधक भएको भन्दै मन्त्री किराँतीले चाडै समयसापेक्ष ऐन ल्याउने बताएका हुन ।
कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले पर्यटन क्षेत्रमा हिमाल अरोहणको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।
पूर्व सांसद राजेन्द्र गौतमले आरोहिको संरक्षण र सुरक्षा हुन नसक्दा धेरै अरोहीहरु बिदेश पलायन हुन थालेको धारणा राखे । कोशी प्रदेशका सांसद राजेन्द्र कार्कीले कोशी प्रदेशलाई पर्यटनको हबको रुपमा बिकास गरीने बताए ।
प्रख्यात हिमाल आरोही तथा पर्यटनवी मिङ्मा शेर्पाले आर्थिक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रलाई सरकारले चिन्न नसकेको बताएका थिए ।