अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनको इ-कमर्सको व्यापारमा सुधार भएको छ । आर्थिक मन्दीका त्रासबीच सुस्ताएको इ-कमर्स व्यापार अहिले फेरि सुधारोन्मुख देखिएको हो । जुन महिना यता अमेजनको अनलाइन प्लेटफर्ममा व्यापार वृद्धि भएको छ । एक वर्षमा ११ प्रतिशत बढी व्यापार पुर्याउने लक्ष्यलाई यसले सहयोग गर्ने अनुमान गरिएको छ ।
अमेजनको जुलाइ प्राइम डेमा हालसम्मकै उच्च व्यापार भएको कम्पनीले जनाएको छ । त्यसबेला ३ करोड ७५ लाख समानहरु बिक्री भएका थिए ।
गत वर्ष कम्पनीलाई करिब २ अर्ब घाटा भएको थियो । यो वर्षमा भने कम्पनीले नाफाउन्मुख देखिएको छ । पछिल्लो समय अमेरिकामा आर्थिक मन्दीको त्रासबिच अनलाइन व्यापार घटेको थियो । बैंकहरु ‘डिफल्ट’मा जाँदा क्रयशक्ति कमजोर भएको थियो । जसकारण इ-कमर्स बजार प्रभावित भएको थियो ।
अमेजनको बढ्दो व्यापारले इ कर्मस बजारलाई राहत दिने विश्वास लिइएको छ ।