आरजुलाई पैसा बुझाएको भनिएको अडियो सन्देश शर्मासँग मिल्यो

Yangle News
Yangle News
२०८० असार २४ गते
आरजुलाई पैसा बुझाएको भनिएको अडियो सन्देश शर्मासँग मिल्यो

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भनिएको अडियो सोही प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज उजुरीमाथि भएको छानबिनको प्रगतिबारे जानकारी गराउदै उक्त अडियो शर्माको भएको बताएका हुन् ।

अडियो बाहिरिएपछि राणाले नक्कली अडियो भएको र यसबारे जाँच गर्न भन्दै प्रहरीमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको छ ।

सांसद देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् । उनले साइबर ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेर निवेदन दिएकी थिइन् ।

 

 

 

300 views