तीन महिनादेखि तलब विहीन भरतपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

Yangle News
Yangle News
२०८० असार २० गते
तीन महिनादेखि तलब विहीन भरतपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् ।

कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् ।  कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।

कार्यकारी निर्देशक डाक्टर देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन । बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो । बोर्डमा ६ जना सदस्य रिक्त छन् ।

जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ । तीन महिनादेखिको तलब नपाउँदा काम गर्ने मनोबल गिरेको कर्मचारी बताउँछन् ।

235 views