राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

Yangle News
Yangle News
२०८२ जेष्ठ १४ गते
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् । १ सय ८८ मत बढी ल्याउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका थिए । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए ।

महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका थिए। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।