चारप्रतिशत बालबालिकामा दृष्टिदोष रहेको तथ्याङ्क

Yangle News
Yangle News
२०८० असार ६ गते
चारप्रतिशत बालबालिकामा दृष्टिदोष रहेको तथ्याङ्क

 

नेपालका करिब आठ लाख बालबालिकाको आँखा जाँच गर्दा चार प्रतिशतमा दृष्टिदोषको समस्या देखिएको छ । नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजना मार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म सञ्चालित परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाको आँखा परीक्षण गरिएको थियो । सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले आँखा परीक्षण पश्चात् समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको जानकारी दिइन ।

चार वर्षमा दुई हजार पाँच सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो ।

आरएम केडिया आँखा अस्पताल, सगरमाथा चौधरी आँखा अस्पताल, विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमार्फत ती जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो ।

282 views