सञ्चारिका समूह नेपालमा नयाँ कार्य समिति चयन भएको छ । शुक्रबार भएको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् ।
पन्थीले १४९ मत प्राप्त गर्दा अर्का प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । उपाध्यक्षमा भने बसन्ती बाँस्तोला निर्वाचित भएकी छन् । बाँस्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी लोगसरी कुँवरले १०० मत पाइन् । महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी, सचिवमा उर्वसी बस्न्यातले १०७ मत सहित विजयी हुदाँ सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन् । कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएकी छन् । तामाङले १२० मत पाउँदा उनकी प्रतिद्वन्द्वी मन्जिमा ढकालले १०५ मत पाइन् ।
यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजवी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन् ।