सुनको मूल्यमा कीर्तिमान

Yangle News
Yangle News
२०८२ साउन २३ गते
सुनको मूल्यमा कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले गत बुधबार कायम भएको रेकर्ड आज ब्रेक गरेको हो । बिहीबारको बजारमा सुनको मूल्य स्थिर रहेको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । शुक्रबार चाँदी तोलाको दुई हजार ३२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।