राष्ट्रिय स्वतन्त्र पार्टी वाचापत्र : २११० सम्म गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुनेछ

Yangle News
रासस
२०७९ कार्तिक १७ गते
राष्ट्रिय स्वतन्त्र पार्टी वाचापत्र : २११० सम्म गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुनेछ

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने जनाएको छ। बिहीबार आगामी चुनावका लागि वाचापत्र सार्वजनिक गर्दै रास्वपाले २११० सालसम्म नेपालमा गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने बताएको हो।

रास्वपाको वाचापत्रमा भनिएको छ, ‘गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुनेछ। सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ।’ त्यस्तै आधुनिक सुविधासम्पन्न गाउँहरू हुने र सहरहरू गाउँजस्ता हुने पनि रास्वपाको परिकल्पना छ।

त्यस्तै आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि रास्वपाले वाचा गरेको छ । नेपालको संविधानमा लिपिबद्ध ‘समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राखेर २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने पनि रास्वपाको प्रतिबद्धता छ।

288 views