माइक्रोसफ्टले च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईमा थप १० अर्ब डलर लगानी गर्ने

Yangle News
Yangle News
२०७९ माघ १० गते
माइक्रोसफ्टले च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईमा थप १० अर्ब डलर लगानी गर्ने

सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टकर्पले ओपनएआईमा १० अर्ब डलर लगानी गर्ने भएको छ ।

कमजोर अर्थतन्त्रले सफ्टवेयरको मागलाई कमजोर बनाउँदै लगेकाले  १० हजार कामदार लाई कामबाट निकाल्ने घोषणा गरेको एक हप्ता नबित्दै कम्पनीले यो निर्णय गरेको हो ।

कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अझै पनि प्रमुख प्राथमिकता का क्षेत्रहरूमा लगानी गर्ने र आवश्यकता अनुशार कर्मचारी नियुक्त गर्ने पनि उल्लेख गरेको छ । सफ्टवेयर निर्माता कम्पनीले मंगलबार दोस्रो त्रैमासिकको आम्दानी सार्वजनिक गरेको छ तर आफ्नो लगानीको मूल्य कति हो भनेर चाहिँ खुलाएको छैन ।

ओपनएआईले भनेको छ “माइक्रोसफ्टको लगानीले हामीलाई स्वतन्त्र अनुसन्धान जारी राख्न र एआई विकास गर्न मद्दत गर्नेछ जुन सुरक्षित, उपयोगी र शक्तिशाली छ”।

माइक्रोसफ्टले सन् २०१९ मा ओपनएआईमा १ अर्ब अमेरिकी डलर लगानी गरेको थियो । ममाइक्रोसफ्टले अल्फाबेट इंक, अमेजन  इंक र मेटा प्लेटफर्म इंकसँग प्रतिस्पर्धा गर्दै सबैभन्दा लोकप्रिय र द्रुत गतिमा बढ्दै गरेको आर्टिफिसियल इन्टेलिजेन्स सेक्टरमा प्रभुत्व जमाउन चाहान्छ। त्यसैले माइक्रोसफ्टले ओपनएआईमा लगानी गरिरहेको छ ।

ओपनएआईलाई माइक्रोसफ्टको फन्डिङ र क्लाउड-कम्प्युटिङ पावरको आवश्यकता पर्दछ जसले डेटाको विशाल मात्रालाई क्रन्च गर्न र जटिल मोडेलहरू चलाउन सहयोग गर्दछ। यसले डीएएलएल-ई लाई मुट्ठीभर शब्दहरूमा आधारित यथार्थवादी तस्बिर हरु  उत्पन्न गर्न र  च्याटजीपीटीलाई संकेत वा प्रश्नहरूको जवाफमा मानिस जस्तै संवादात्मक पाठ सिर्जना गर्न  मद्दत गर्दछ।

च्याटजीपीटी नोभेम्बरको अन्त्यमा सार्वजनिक भएपछि विश्वव्यापी रूपमा ईन्टरनेट भरी चर्चित भएकाे थियो , जसलाई एक हप्ता भन्दा कम समयमा नै  १० लाख प्रयोगकर्ताहरूले प्रयोग गरेक थिए।

च्याटजीपीटीले वास्तविक मानिसहरूले बोल्ने र लेख्ने तरिका अनुकरण गर्ने सक्ने क्षमताले व्यावसायिक लेखकहरूलाई विस्थापित गर्ने सक्ने खतराको विषयमा चिन्ता उत्पन्न गरेको छ।

च्याटजीपीटीलाई गुगलको कोर सर्च व्यवसायको लागि सम्भावित खतराको रूपमा पनि लिइएको छ।