आज पनि बढ्यो सुनको मूल्य, तोलाको एक लाख १३ हजार ३ सय

Yangle News
Yangle News
२०८० जेष्ठ १९ गते
आज पनि बढ्यो सुनको मूल्य, तोलाको एक लाख १३ हजार ३ सय

सुनको मूल्य लगातार तेस्रो दिन पनि बढेको छ । आज तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य नेपालमा हालसम्मकै उच्च हो ।

जेठ १८ गते छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो । १७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो ।

बजेट घोषणापछि सरकारले कर वृद्धि गरेका कारण सुनको मूल्य प्रति १० ग्राममा ३ हजार ९ सय रूपैयाँले बढेको थियो । बजेट पछिको तीन दिनमा सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढिसकेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी तोलामा २५ रुपैयाँले बढेर शुक्रबार १ हजार ३५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।

287 views