नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण

Yangle News
Yangle News
२०८० जेष्ठ १७ गते
नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब नेपालको संविधान–२०७२ ले नागरिकता सम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ ।

यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयकमा असहमति जनाउँदै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई नै फिर्ता पठाएकी थिइन्  ।

सोही विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन् । फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले ९ महिनापछि सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण भएको छन् । विधेयक प्रमाणीकरण भएसँगै नेपालमा बसोबास गरिआएका तीनथरि नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन बाटो खुलेको छ ।

सरकारले जेठ १२ गते राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो ।

अब २०७२ को संविधान जारी हुनु अघि जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

बुबाको पहिचान नखुलेको आमाबाट नागरिकता लिन चाहनेले पाउने छन भने गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक बाहेकको अधिकार प्रयोग गर्न पाउनेगरी नेपाली नागरिकता लिन सक्नेछन् ।

 

 

370 views