प्रयोगकर्ताको सूचना चुहाएकामा फेसवुकलाई ६४ करोड ८० लाख डलर जरिवाना

Yangle News
Yangle News
२०८० जेष्ठ १४ गते
प्रयोगकर्ताको सूचना चुहाएकामा फेसवुकलाई ६४ करोड ८० लाख डलर जरिवाना

 

आयरल्यान्डको ‘डेटा प्रोटेक्सन कमिसन’ले फेसबुकलाई ६४ करोड ८० लाख डलर भन्दा बढीको जरिवाना तिराउने भएको छ । युरोपियन युनियन (ईयू) को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) विपरीत प्रयोगकर्ताको सूचना गलत प्रयोग भएको भन्दै कमिसनले सो जरिवाना तोकेको द गार्डियन पत्रिकाले उल्लेख गरेको छ ।

 

साथै,  कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ । यो जरिवानाले जीडीपीआरको उल्लंघनको जरिबानामा नयाँ रेकर्ड राख्नेछ । यसअघि २०२१ मा लक्जमबर्गले एमेजनलाई ६ सय ४८ मिलियन डलरको जरिवाना तिराइएको थियो ।

 

आयरल्यान्डको उक्त कमिसन ‘ईयू’ भर फेसबुक र यसको ‘प्यारेन्ट कम्पनी’ मेटाको लागि प्रमुख गोपनीयता नियामक संस्था हो । कमिसनले युरोपेली प्रयोगकर्ताहरूको डेटा अमेरिका ‘ट्रान्सफर’ गर्न रोक्ने अपेक्षा पनि गरिएको छ ।

 

यद्यपि, यो निर्णय तत्काल लागू हुने सम्भावना कम छ । मेटालाई निर्णयको पालना गर्न केही समय दिइने अपेक्षा गरिएको छ । जसकारण निर्णयको लागू हुने समय शरद ऋतुसम्म धकेलिन सक्छ । त्यस्तै, कम्पनीले यस निर्णयविरुद्ध अपिल गर्ने अपेक्षा पनि गरिएको छ ।