नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा कायममुकायम प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।
निवर्तमान राष्ट्रपति भण्डारी छोरीको घरमा सरिन्
नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास छाडेकी छन् । शीतलनिवासबाट बिदाइ भएपछि निवर्तमान राष्ट्रपति भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी छन् । बुढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्न पुगेकी हुन् ।
निवर्तमान राष्ट्रपति भण्डारीको बिदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।