कामीरिताले गरे २७औं पटक सगरमाथाको सफल आरोहण, तोडियो आफ्नै रेकर्ड

Yangle News
Yangle News
२०८० जेष्ठ ३ गते
कामीरिताले गरे २७औं पटक सगरमाथाको सफल आरोहण, तोडियो आफ्नै रेकर्ड

 

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान साढे ८ बजे सगरमाथाको २७औं पटक सफल आरोहण गरेसँगै आफ्नै रेकर्ड समेत तोडेका छन् ।

सोलुखुम्बुको थामेका ५४ वर्षिय कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनको आरोहण यात्रा सन् १९९२ बाट सुरु भएको थियो ।

कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए । कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् ।

पासाङ दावा पनि भनिने उनी २६ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनले केही दिनअघि मात्र कामीरिताको कीर्तिमानीसँग बराबरी गरेका थिए ।

291 views