काठमाडौँ । नेकपा एमाले नेता गोकुल बाँस्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
सुरुदेखि कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् ।
मत परिणामअनुसार उनी झण्डै ६ हजार मतान्तरले निर्वाचित भएका हुन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।