काभा भलिबलमा नेपालको पहिलो जित, सेमिफाइनल सम्भावना बलियो

Yangle News
Yangle News
२०८३ जेष्ठ ९ गते
काभा भलिबलमा नेपालको पहिलो जित, सेमिफाइनल सम्भावना बलियो

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले किर्गिस्तानलाई २५-१८, २५-२० र २५-१३ ले पाखा लगाएको हो ।

शनिबार नै भएको खेलमा भारतले मालदिभ्सलाई २५-९, २५-१४ र २५-१७ को सोझो सेटमा हराएको हो । लगातार दोस्रो जितसगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । आज भएको पहिलो खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकालेको छ । कजाकस्तानले श्रीलंकालाई २५-९, २५-१८ र २५-१५ ले पाखा लगाएको छ ।

च्याम्पियनसिपमा पहिलो जित हात पारेसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना जिवित राखेको छ । च्याम्पियनसिपको पहिलो खेलमा शुक्रबार नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार माल्बदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपमा आइतबार पनि तीन खेल हुने तालिका रहेको छ ।