अबको तीन दिन बदली हुने, वर्षाको पनि सम्भावना

Yangle News
Yangle News
२०८० बैशाख ३१ गते
अबको तीन दिन बदली हुने, वर्षाको पनि सम्भावना

 

बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज,  भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो । चक्रवातले भने नेपालमा धेरै असर नगर्ने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी वायु पनि हिजो अस्तीको भन्दा सक्रिय भएकाले दिउँसोमा काठमाडौं उपत्यकासहित देशभरको पहाडी भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

मोखा चक्रवातको प्रभाव नेपालको पूर्वी भागमा बढी र पश्चिमी भागमा कम पर्ने पूर्वानमान छ । तर पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढी देखिएको छ । त्यसैले देशभरकै पहाडी भागमा बदली र वर्षा हुने भएकाले केही दिनयताको चर्को घामबाट राहत महसुस हुनेछ ।

उच्चतम तापक्रम भने हिजो अस्तिको तुलनामा घट्ने सम्भावना रहेको  मौसम पूवानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा केहिबेर आज वर्षाको सम्भावना भए पनि भोलि बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वननिक गरेको विभिन्न शहरहरुको सम्भावित मौसमी अवस्थामा पनि अधिकतम तापक्रम घट्ने सम्भावना औंल्याइएको छ ।

 

 

 

 

419 views