उपभोक्तालाई थोरै राहत – तेलपछि चामल र दालको मूल्य घट्दै

Yangle News
Yangle News
२०८० बैशाख २६ गते
उपभोक्तालाई थोरै राहत – तेलपछि चामल र दालको मूल्य घट्दै

बजारमा पाइने विभिन्न ब्राण्डका चामल बोरामा २ सय रुपैयाँसम्म मूल्य घटेको छ । आयात सहज हुन थालेपछि मूल्य घटेको व्यवसायीले बताएका छन् ।

भारतले निर्यातमा २० प्रतिशत शुल्क लगाएपछि चामलको मूल्य बोरामै ५ सय रुपैयाँभन्दा बढि वृद्धि भएको थियो । खाने तेलपछि चामलको मूल्य घट्दा उपभोक्तालाई केही राहत भएको छ ।

खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार मन्दीसँगै होटल र रेष्टुरेन्टबाट हुने मागमा कमी आएकाले पनि मूल्य घट्न सहयोग गरेको हो ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार जिरा मसिनो चामल २५ केजी अहिले प्रतिबोरा १९ सय रुपैयाँमा आइपुगेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशसन लिमिटेडका बजार प्रबन्धक प्रज्वल प्रधानका अनुसार बजारमा पैसा नभएकोले चामलको मूल्य घट्दै गएको छ । पछिल्लो समय भारतले चामल आयात सहज गरेका कारण मूल्य कम भएको हो । आर्थिक मन्दीका कारण खाद्यान्न बिक्री पनि कम छ ।

पछिल्लो समय बजारमा चामल, दाल, तेल, गेडागुडी मैदा र आटा लगायतका खाद्यान्नको मूल्य पनि घट्दै गएको व्यवसायी बताउँछन् ।

रुस-युक्रेनको युद्धका कारण कच्चा पदार्थ आयात प्रभावित हुँदा खानेतेलको मूल्य कार्टुनमा ३ हजारमाथि पुगेको थियो । बजारमा मन्दी छाएपछि हाल खाने तेलको मूल्य कार्टुनमा २ हजारभन्दा तल आइपुगेको छ ।

 

296 views