मेरुदण्डको हड्डीमा मसस्या, मस्तिष्क पक्षघात वा पारकिन्सन जस्ता समस्याका कारण संसारभर धेरै मानिस दुवै खुट्टाले हिड्न सक्दैनन् ।
त्यस्ता व्यक्तिहरुका लागि जापानमा एउटा विशेष प्रकारको व्हीलचेयर बनाइएको छ । लामो समय खुट्टा नचल्दा त्यसले मांसपेशीमा समेत असर पर्ने हुन्छ । अब भने कोगी ह्वीलचेयर त्यसको विकल्प बनेको छ ।
यो विशेष प्रकारको व्हीलचेयरको डिजाइन यसरी गरिएको छ, की यसमा बसेर यात्रासँगै व्यायाम पनि गर्न सकिन्छ । यसमा पेडल पनि हन्छ, जुन ज्यादै थोरै बल दिएमा गुड्न थाल्छ । यो विशेष गरि एउटा खुट्टा नचल्नेहरुका लागि सहयोगी बनेको छ ।
“कोगी” नाम दिइएको यो व्हीलचेयर प्रोफेसर यासुनोबु हांडाले केहि वर्षअघि बनाएका हुन् । यसको मूल्य ३ लाख ३२ हजार रुपैयाँ पर्दछ, जुन सामान्य भन्दा केहि बढि हो ।
यसको प्रयोगले आत्मविश्वास बढ्ने र रिहेविभिलिटेशनमा मदत मिल्ने ती व्यक्तिहरुका आफन्त बताउँछन् ।