ह्वाट्सएपले हाई क्वालिटी तस्बिर सेयर गर्न मिल्ने फिचरको परीक्षण गर्दै

Yangle News
Yangle News
२०७९ माघ ९ गते
ह्वाट्सएपले हाई क्वालिटी तस्बिर सेयर गर्न मिल्ने फिचरको परीक्षण गर्दै

ह्वाट्सएपडेभलपरहरू मेटाको इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्ममा नयाँ सुविधाहरू ल्याउन निरन्तर काम गरिरहेको देखिन्छ। डब्लुएबेटाइन्फोको हालैको एक रिपोर्टअनुसार कम्पनीले एउटा नयाँ फिचरको परीक्षण गरिरहेको छ जसबाट प्रयोगकर्ताले आफ्नो ओरिजिनल क्वालिटीमा फोटो पठाउन सक्नेछन् ।

अहिलेसम्म ह्वाट्सएपले स्पेस र ब्यान्डविथ बचत गर्न स्वचालित रूपमा तस्बिरहरु (compressed) संकुचित गर्दथ्यो। जब कुनै प्रयोगकर्ताले ह्वाट्सएपमा कुनै तस्बिर सेयर गर्दछन्, यसले स्वचालित रूपमा त्यो तस्बिरलाई (compressed) संकुचित गर्दछ, जसले गर्दा  फोटोको  (Quality & Details) गुणस्तर र विवरणहरूमा गिरावट आउँछ।

अब ह्वाट्सएप बीटाले ल्याएउने  नयाँ फिचरमा ड्रइङ टूल हेडरमा पाइने ‘सेटिंग्स’ आइकनमा ट्याप गरेर हाई क्वालिटीको फोटो पठाउन सकिन्छ। ट्याप गर्दा  प्रयोगकर्ताहरूले आफूले पठाउने फोटोको क्वालिटी छनौट गर्न सक्दछन्, जसमा ह्वाट्सएपले  प्रयोगक्ताहरूलाई  ओरिजिनल क्वालिटीमा अरूसँग  फोटो सेयर गर्न अनुमती दिन्छ।

यो फिचर अहिले बन्ने क्रममै छ । ह्वाट्सएप प्रयोगकर्ताले अब गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा बीटा फिचरमा नाम दर्ता गरेर यसको प्रयोग गर्न सक्नेछन् । तर प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा यो सुविधा प्रयोग गर्न भने केहि समय लाग्न सक्ने छ।

पछिल्लो केही महिनामा ह्वाट्सएपले धेरै नयाँ फिचरहरु सार्वजनिक गरेको छ ।जस्तै ह्वाट्सएप ब्लक गरिएका देशहरूमा ह्वाट्सएपको पहुँच, , स्टाटस अपडेटरिपोर्ट गर्ने क्षमता, कल र च्याटको लागि एन्ड-टू-एन्ड एन्क्रिप्शन , सूचना बारबाट नै मानिसहरूलाई ब्लक गर्ने क्षमता, क्याप्सनको साथ  फोटो तथा भिडियो फरवार्ड गर्ने क्षमता आदि।

 

343 views