कांग्रेसले सरकारलाई विश्वासको मत दिने

Yangle News
Yangle News
२०७९ पुस २६ गते
कांग्रेसले सरकारलाई विश्वासको मत दिने

काठमाडौं- नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने नेताहरूले बताएका छन् । ल्होत्से हलमै बस्ने संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

397 views