आरआरमा क्याम्पसमा खुकुरी प्रहार, तीन विद्यार्थी घाइते

Yangle News
Yangle News
२०७९ पुस १३ गते
आरआरमा क्याम्पसमा खुकुरी प्रहार, तीन विद्यार्थी घाइते

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार तीन जना घाइते भएका छन् ।

अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।