सुनको भाउ १ लाख नाघ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Yangle News
Yangle News
२०७९ पुस ३ गते
सुनको भाउ  १ लाख नाघ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।

303 views