गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट सम्मानित 

Yangle News
Yangle News
२०७९ पुस १ गते
गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट सम्मानित 

संखुवासभाः नेपाल पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य गंगा विष्ट पुरस्कृत भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ संखुवासभाको ११ औँ साधारणसभाको अवसरमा शंखरत्न पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

Yangle News

साढे २ दशकदेखि पत्रकारितामा संलग्न विष्टलाई त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको छ। नेपाल पत्रकार महासङ्घ, सङ्खुवासभाका अध्यक्ष ईन्द्र गिरीका अनुसार शंखरत्न पत्रकारिता पुरस्कार यसै वर्ष स्थापना गरिएको हो ।

जिल्लामा बसेर सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ त्रिरत्नले एक लाख ११ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरिएको त्रिरत्न सञ्चार गृहकी अध्यक्ष जेनी शाक्यले बताइन् । महासंघको साधारणसभामा उक्त रकमको व्याजबाट प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १ सय ११ रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरिने छ ।