सुनको भाउ फेरि १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ पुगेको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।
यसअघि गत बैशाख १२ गते छापावाल सुन प्रतितोला १ लाख २०० पुगेको थियो ।
आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको १३९० रुपैयाँ पुगेको छ ।